प्रदेश

झापामा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका १३ वर्षीय वर्षीय रोशन विक रहेका छन् ।

भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा विकको निधन भएको हो ।

पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए ।

मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) को गर्दै आएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका९३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घटनाको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले बताए ।