राजनीति

महामन्त्रीद्वयका प्रतिवेदनलाई अन्तिम स्वीकृति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरूलाई अनुमोदन गरेको छ । बन्दसत्रमा व्यापक छलफलपछि दुवै प्रतिवेदन पारित भएका हुन् ।

महाधिवेशनको बन्दसत्रमा हिजो महामन्त्रीद्वयले आ–आफ्ना प्रतिवेदन अलग–अलग रूपमा पेश गरेका थिए । ती प्रतिवेदनहरूमा समूहगत छलफल गरिएको थियो भने छलफलपछि टोली नेताहरूले निष्कर्ष प्रस्तुत गरेका थिए ।

टोली नेताहरूको प्रतिवेदनमाथि आएको सुझाव र निष्कर्षलाई समेट्दै बन्दसत्रले आज औपचारिक रूपमा दुवै प्रतिवेदनलाई स्वीकृति दिएको हो ।

महामन्त्री गगन थापाले वर्तमान राजनीतिक अवस्थासँग सम्बन्धित समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको संगठनात्मक अवस्थाबारे केन्द्रित प्रतिवेदन पेश गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *