काठमाडौं । संसदमा पेश गरिएको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२” मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक रूपमा असहमति प्रकट गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बहुमतले विधेयक पारित गरेपछि रास्वपाले तीन बुँदे फरक मत दर्ता गराएको हो।
समितिका सदस्य तथा रास्वपा सांसद विनिता कठायत र अशोक चौधरीले विधेयकका केही प्रावधानले मुलुकको भूमि प्रशासन, स्वामित्व र भूमिसुधारको मूल मर्ममा गम्भीर असर पार्ने दाबी गरेका छन्। उनीहरूले प्रस्तुत प्रतिवेदनमा समावेश धाराहरूले दीर्घकालीन नीतिगत असर पार्ने चेतावनीसमेत दिएका छन्।
रास्वपाले उठाएको तीनवटा असहमतिको बुँदा यसप्रकार छन् :






