मुख्य समाचार

कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच भएका सम्झौता कार्यान्वयनमा ल्याउने दुबै प्रदेश मुख्यमन्त्रीको प्रतिवद्धता

काठमाडौं । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबिच १९ बुँदे सम्झौता भएको छ । शुक्रवार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भएको दुई प्रदेशबिचको समन्वयात्मक बैठकले विभिन्न १९ वटा बुँदामा सम्झौता गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई प्रदेशबीच छलफल भई गरिएका सम्झौताको समयमा नै कार्यान्वयमा ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार स्थापना भएपछि दुई प्रदेशबिच सार्वजनिक सरोकारका विषयमा पहिलो पटक छलफल भएको हो । प्रतिबद्धतामा भेरी–बबई डाइभर्सनको रोयल्टी, १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन लगायत दुई प्रदेशसँग जोडिएका विषयहरू समेटिएका छन् ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्झौतापत्रमा दुई प्रदेशका सरोकारका विषयमा साझा धारणा बनाएर दुबै प्रदेशको विकास र समृद्धिको लागि १९ बुँदे प्रतिबद्धता जाहेर गरिएको बताए । सम्झौतापश्चात् गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कँडेलले प्रतिबद्धता जाहेर गरेका विषयमा चाँडै सम्झौता हुन्छ । कर्णालीको सिधा सम्बन्धदेखि प्रमुख नाका नै लुम्बिनीमा छ । धेरै कुरा उतैमा निर्भर हुनुपर्ने हुन्छ ।’ त्यो भएकाले पनि दुई प्रदेशका मुख्यमन्त्रीबिच छलफल गरेर नयाँ सन्देश दिन खोजेको कँडेलको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रतिबद्धताहरू केवल प्रतिबद्धता मात्रै सीमित नरहने र कार्यान्वयन गरिने दाबी गरे । कार्यक्रमका लागि लुम्बिनीका मुख्यमन्त्री आचार्यसहितको २१ सदस्यीय टोली सुर्खेत आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *