मुख्य समाचार

भारतले नेपालको एक हजार बिघाजग्गा कब्जा गर्दा पनि सरकार किन बोलेन : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार देशको सीमा रक्षामा असफल भएको बताएका छन् । बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले यस्तो बताएका हु्न । कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको कुरा जारी विज्ञप्तीमा उल्लेख छ । नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको उनले उल्लेख गरेका छन् । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ, उनले भने ।

देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेख्नु दुःखदको कुरा भएको उनले उल्लेख गरेका छन् । उनले भने म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरू समेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस् भन्ने माग गर्दछु । उनले सीमा स्तम्भहरूलाई अद्यावधिक गर्न, सिमानामा नियमित पेट्रोलिङको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *