
जनकपुरधाम। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको शालिक अनावरण गरेका छन् ।
सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकास्थित लोहनामा आयोजित एक कार्यक्रमका बिच कांग्रेस सभापति देउवाले प्रजातान्त्रिक योद्धा ठाकुरको शालिक अनावरण गरेका हुन् ।
हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गिय अरविन्द ठाकुरको शालिक अनावरणपछि सभापति देउवाको बेलुका काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।
