काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंसिर १६ को स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।





