मुख्य समाचार

लामिछाने लक्षित कांग्रेस नेता शाहीको जवाफ – ठुलो स्वरले कराउँदैमा स्याल बाघ हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र जङ शाहीले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई लक्षित गरेर जबाफ फर्काएका छन् । लामिछानेले सरकारकारी वकिल कार्यलयको बार्दलीबाट नै आफुँ बाघ भएको संज्ञा दिएपछि नेता शाहीले लामिछाने लक्षित कटाक्ष गरेका हुन् । उनले लामिछानेलाई ठूलो स्वरले कराउँदैमा स्याल बाघ नहुने भन्दै कटाक्ष गरेका छन् ।

लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका थिए।

‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने । पर्साको वीरगन्जमा आयोजित युवा सङ्कल्प यात्राको कार्यक्रममा बोल्दै शाहीले सहकारीको रकम अपचलन गर्नेहरू जनतालाई भ्रमित पार्ने गतिविधि गर्दै न्यायालयलाई समेत प्रभावित पार्ने किसिममा गतिविधिमा संलग्न रहेको बताए ।

उनले भने, –‘खोरमा बसेर बाघ र स्यालको कुरा । एउटा कुरा रवि, छवि जो सुकै हुन्, सहकारी ठग्ने जुनसुकै दलका हुन्, उनीहरूलाई कडा कारबाही हुनुपर्छ । हाम्रो कुरा त्यो हो । खोरमा ठुलो स्वरमा कराउँदैमा स्याल बाघ हुन सक्दैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *