मुख्य समाचार

प्रमुख निर्वाचन आयुक्त थपलिया अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षणमा

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन् । अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन् ।

स्थानीय समयअनुसार मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको राष्ट्रपतिय निर्वाचनले अहिले विश्वको ध्यान खिचेको छ । विश्वमा विभिन्न देशबिच भएको द्वन्द्व नियन्त्रमा कसले कस्तो भूमिका खेल्ने भन्ने विषयमा विश्वभरीका मानिसहरुले उक्त निर्वाचनलाई महत्वपुर्ण स्थानमा राखेका छन् । त्यहाँको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचन पर्यवेक्षणपछि थपलिया कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे । आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *