मुख्य समाचार

राजेन्द्र लिङ्देनको अराजक अभिव्यक्ति , सरकारलाई धम्की !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अराजक शैलीमा अभिव्यक्ति दिएका छन् । लिङ्देनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको भन्दै आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रममा लिङ्देनले यस्तो बताएका हुन् । उनले अगाडि भने, ‘म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । सके पक्रेर देखाओस् ।’ के राप्रपा पनि माओवादीको शैलीमा जान थालेको हो ? जनताले प्रश्न गर्न थालेका छन् । पार्टीको अध्यक्ष भएर नैतिकताविहीन अभिव्यक्ति दिनु कसरी उचित हुन्छ ?अध्यक्ष लिङ्देन नागरिकहरुलाई उचालेर देशमा अशान्ति पैदा गर्ने गतिविधिमा पछिल्लो समय केन्द्रित हुँदै आएका छन् ।

आफूहरुले अराजकताभित्र भविष्य नखोजेको उनले बताए । त्यही कारण सरकार र ठूला पर्टीहरुलाई संविधानले काम गरेन भनेर आग्रह गरिसकेको भन्दै लिङ्देनले भने, ‘चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडि जानुको विकल्प छैन ।’ संविधान पक्षधरहरुले जबर्जस्त गरिरहे आफूहरुले जनताको बलमा संविधान उल्ट्याउने उनको चेतावनी छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *