काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने भएको छ । बुधबार बसेको बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको उनले बताए ।
उनका अनुसार परिमार्जित प्रस्तावमा भोलिबाट छलफल सुरु हुनेछ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा जनयुद्ध शब्द र महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने विषय समेटिएका थिए ।




