काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्। बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर उनले विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।
सत्ता साझेदार दलहरूले साथ छाडेपछि स्पष्ट अल्पमतमा परेपनि आफ्नो समयसिमा सम्म सरकारलाई जिवित राख्न आफु लागि परेका छन् । उनले सरकारको आयु ३० दिनका लागि लामो पार्दै अल्पमतमा परेको बेला दिर्घकालीन असर पर्ने निर्यण समेत गरेका छन् ।
गत वैशाख ६ गते संघीय सरकारको गठबन्धनअनुसार सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीबाट सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीले समर्थन गरेका थिए।




