मुख्य समाचार

विपद्‌बाट ज्यान गुमाएकाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न एनपी साउदको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पहिरोजस्ता विपद् न्यूनीकरण गर्न नसकिने भएकाले अन्य निकाय समेतले सहकार्य गर्नुपर्ने उनले बताए ।

कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको बताउँदै उनले आवश्यक राहत केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन ढिलो गर्न नहुने उनको भनाइ छ ।

पटक–पटक सरकारलाई बाढीको पूर्वतयारी गर्न, बाढी नियन्त्रणाको काममा सजग रहन आग्रह गर्दा समेत सरकारले ध्यान नदिएकाले अहिले बाढी पहिरो पिडित मारमा परेको उनले बताए । बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको उल्लेख गर्दै मृतकका परिवारलाई राहत र विस्थापितलाई राहत वितरण गर्न सरकार कसिएर लाग्नुपर्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *