मुख्य समाचार

जसपा नेपालको बन्द सत्र सुरु , उपेन्द्र यादवले राजनीतिक प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको थियो तर समयमा हुन नसकेर केही समय ढिला सूरु भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए । अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले बताए ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता मा बन्द सत्र सुरु भएको छ । पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए ।

५ सदस्यीय अध्यक्ष मण्डलमा लालबाबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला , रकम चेम्जोङ छन् । जसपा नेपालको सोमबारदेखि जनकपुरमा एकताको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । जसपा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको सवा महिनापछि जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *