मुख्य समाचार

प्रदेशमा सत्ता गठबन्धनलाई राप्रपाले समर्थन नगर्ने

काठमाडौं । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको जानकारी दिए । उनका अनुसार विपक्षी गठबन्धनलाई समर्थन दिने निर्णय भएको छ । राप्रपा ‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो ।

अध्यक्षले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकतअनुसार सहयोग गर्ने(नगर्नेबारे निर्णय लिने यनले बताए । गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधवार चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन् । प्रवक्ता श्रेष्ठले अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *