राजनीति

कमला दर्नाल कोशी प्रदेश एमाले सचेतकमा नियुक्त

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त भएकी छिन् ।
सोमबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कमलालाई सचेतक नियुक्त गरेका हुन् ।

सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त पछि रिक्त पदमा सचेतकको रुपमा कमला दर्नाललाई नियुक्ती गरिएको हो । दर्नाल तेह्रथुमबाट समानुपातिक निर्वाचित सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *