राजनीति

हलो नपाए राप्रपाले स्थानीय तहको चुनाव बहिस्कार गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्ने भएको छ ।

नेपालगञ्जमा भएको सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले हलो नपाए चुनावमा सहभागी नहुने घोषणा गरेका हुन् ।

अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेर राष्ट्रिय दल बन्न नसकेको राप्रपाले आफ्नै चुनाव चिन्ह मागेको हो ।

निर्वाचन आयोगले विद्यमान कानूनी व्यवस्थाअनुसार राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरुकै चुनाव चिन्ह दिन नसक्ने स्पष्ट पारिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *