राजनीति

कमल थापाले गरे राप्रपा छाड्ने संकेत

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने संकेत गरेका छन् ।

ट्विटरमा नेता थापाले बिचार नमिले पार्टीबाट अलग हुने तर विभाजन नगर्ने स्पष्ट पारेका छन् । राजतन्त्रको पक्षमा वकालत गर्दा सिनो बोकेर हिडेको आरोप खेपिसकेको भन्दै उनले भनेका छन्,‘बिचार मिलेन भने पार्टीबाट म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन’

अध्यक्षमा पराजित भएपछि थापाले अर्को दल गठनको तयारी गरिरहेको आशंका गरिदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *