काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ ।
सोमबार बसेको नेकपा एकिकृत समाजवादीको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।
माघ १२ गते हुने १९ सिटको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनमा ५ सिट पाएको एकिकृत समाजवादीले उम्मेदवार टुंगो लगाएको हो ।
प्रदेश नम्बर एकमा जयन्ती राई, बागमती प्रदेशमा गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशमा उदयबहादुर बोहरा र सुदूरपश्चिम प्रदेश
गरिमा शाहलाई नेकपा एकिकृत समाजवादीले उम्मेदवार बनाएको हो ।




