रौतहट । सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ ।
जनमत पार्टीका रौतहट जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।
किसानलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिंचाईको व्यवस्था गर्न माग गर्दै भएको आन्दोलनमा सरकारले हस्तक्षेप गरेको भन्दै राउतको पार्टीले बन्द घोषणा गरेको हो । यसअघि राउतका कार्यकर्ताहरुले तराईका बिभिन्न जिल्लामा अराजक गतिबिधि गर्दै आएका छन् ।




