राजनीति

माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटि बैठक भोलि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटिको पहिलो बैठक बोलाएको छ ।

अध्यक्ष प्रचण्डले नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक बोलाएका हुन् । बैठक ललितपुरको हेरिटेज प्लाजामा दिउँसो तिन बजे बस्न लागेको हो । बैठकले पदाधिकारी चयन गर्ने लगाएतका निर्णय गर्ने जनाइएको छ ।

यसअघि आइतबार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटिमा रहने सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रमा पेश गरेका थिए । प्रचण्डको प्रस्ताव पारित भएपछि माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *