राजनीति

प्रचण्डको आरोप : कांग्रेस एमाले महाधिवेशन भीड जम्मा गर्ने थलो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो भएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै भीड जम्मा गर्ने थलो भएको आरोप लगाएका हुन् ।

एमाले अधिवेशनलाई पञ्चर्‍याली भनेका अध्यक्ष प्रचण्डले एमाले अधिवेशन विचारहिनताको भएको आरोप लगाए ।

नेपाली कांग्रेसको जारी अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *