काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय सुरु गर्ने भएका छन् ।
सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले मंगलबारदेखि कार्यालय शुरु गर्न लागेका हुन् । यसअघि सांसदको कार्यालयका रुपमा काठमाडौंको विजुलीबजारमा कार्यालय चलाइरहेका सिंहले महाधिवेशनका लागि भने सिहंदरबारको मूल गेट अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय सुरु गर्न लागेका हुन् ।
संस्थापनइतर समुहबाट साझा उम्मेदवार तय गर्ने भन्दै छलफल भइरहेका बेला सिंहले भने कार्यालय नै शुरु गर्न लागेका हुन् । संस्थापन इतर समुहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला र नेता डाक्टर शेखर कोइरालाले पनि उम्मेदवारी दिने बताइरहेका छन् ।




