राजनीति

कांग्रेस अधिवेशन : बाग्मतीमा बानियाँ जीतनजिक

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिका लागि भएको चुनावमा इन्द्र वानियाले अग्रता कायमै राखेका छन् ।

हेटौंडामा जारी मतगणनामा वानियाले अग्रता कायमै राखेका हुन् । २०२६ मत खसेकोमा १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसीले ७७९ मत ल्याएका छन् ।

वानिया सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने केसी भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *