राजनीति

कांग्रेस संस्थापन इतर समुहले टुङ्ग्यायो बाग्मती प्रदेशको सभापतिको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बाग्मती प्रदेशको सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकले नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसीलाई सभापतिका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

चाक्सीबारी छलफलमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत र गगन थापा सहभागी थिए । बाग्मती प्रदेश सभापतिका लागि संस्थापन समूहबाट इन्द्र बानियाँ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *