राजनीति

एमाले अध्यक्षमण्डलको बैठक शुरु

चितवन । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

चितवनमा जारी एमालेको महाधिवेशनको बन्दसत्र शुरु हुनुपूर्व बैठक शुरु भएको हो । पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको प्रस्तावित सूची बोकेर बन्दसत्र परिसरमा पुगेपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।

एमालेको अध्यक्षमण्डलमा ओलीसहित सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, भीम रावल, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, लालबाबु पण्डित, गोमा देवकोटा र टोपबहादुर रायमाझी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *