काठमाडौं । नेकपा माओवादी केन्द्रले पालिका स्तरको अधिवेशन सम्पन्न गरेको छ ।
माओवादी केन्द्रले ७ सय ५३ वटा स्थानीय तह, सम्पर्क समन्वय समिति र विषेश समितिसहित ७७६ वटा तहको अधिवेशन सम्पन्न गरेको हो । आगामी पुषको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले शनिबार देशव्यापी रुपमा पालिका तहको अधिवेशन सम्पन्न गरेको हो ।
शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल रुपमा अधिवेशनको उद्घाटन गरेका थिए । अधिकांश तहमा निर्विरोध नेतृत्व चयन भएको भएपनि कतिपय स्थानीय तहमा भने चुनाव भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।




