काठमाडौं । नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटिको बैठक आज बस्दैछ ।
अहिले केहीबेरमा शुरु हुने बैठममा महासचिव वेदुराम भुसालको प्रतिवेदनमाथि छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा ललितपुरको एउटा पार्टी प्यालेसमा हुने उनले बताए । यसअघि हिजो बसेको स्थायी कमिटिको बैठकले भुसालको प्रतिवेदन केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको थियो ।




