राजनीति

एमाले महाधिवेशनमा एकसय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने निर्वाचनको मतदानका लागि एकसय वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ ।

एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र विद्युतिय मेसिनको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदैछ ।

दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिको सहभागी हुने निर्णय यसअघि नै एमालेले गरिसकेको छ । दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *