काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले ‘न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रुपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो ।
पार्टीले एकीकृत समाजवादीले पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न महासचिव बेदुराम भुसाल नेतृत्वमा वार्ता टोली गठन गरेको छ।




