पोखरा । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको चुनाव एकैपटक गर्न प्रस्ताव गरेका छन् ।
अर्लि इलेक्सनका बारेमा बहश भइरहेका बेला अध्यक्ष नेपालले पोखरामा पत्रकारसँग कुरा गर्दै सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका हुन् ।
‘अर्ली इलेक्सन किन गर्नुपर्यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्नुपर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो ।’ अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।




