काठमाडौं । राप्रपाले केन्द्रीय महाधिवेशन आगामी मंसीर ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।
अध्यक्ष कमल थापाका अनुसार सबै जिल्लाबाट प्रतिनिधित्व सुनिश्चत गर्न केही पर धकेलिएको हो । राप्रपाको अधिवेशन काठमाडौंमा हुनेछ ।
प्रमुख ठुला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले महाधिवेशनको मिति समेत मंसीरकै लागि तोकिएको छ । कांग्रेसले मंसीर २४ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको छ भने नेकपा एमालेको भने आगामी मंसीर १० गतेदेखि चितवनमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।




