महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन् ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राय र नेपाली कांग्रेसका उम्मेदाबार अरुण कुमार चौधरीले समान २६६ मत ल्याएका थिए । त्यसपछि गोलाप्रथाद्वारा निर्णय गरिदा चौधरी विजयी भएका थिए । तर राय मतगणननमा धाँधली भएको भन्दै अदालत गएका थिए ।
सर्वोच्च अदालतको आदेशमा आइतबार पुनः मतगणना गर्दा राय वडाअध्यक्षमा विजयी भएका हुन् ।




