काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न सुझाव दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले दशैंका शुभकामना दिदै राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएपछि डाक्टर भट्टराईले चुप लागेर बस्न सुझाव दिएका हुन् ।
डाक्टर भट्टराईले राजतन्त्रविना प्रजातन्त्र टिक्न नसक्ने भन्नु तातो बरफ वा खरोयको सिङ खोज्न लगाउनेजस्तो भ्रमको खेती मात्रै रहेको भनेका छन् ।
उनले लेखेका छन्,‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनः द्वन्दमा धकेल्नु मात्रै हो । पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’




