काठमाडौं । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएको नेपाली कांग्रेसको टोली स्वदेश फिर्ता भएको छ ।
भारतको ५ दिने भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महत नेतृत्वको टोली नेपाल फर्किएको हो ।
कांग्रेस सहमहामन्त्री डाक्टर महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत प्रस्थान गरेको थिए ।
टोलीले गत बिहीबार बिहान दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेट गरेको थियो भने भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतसँग भेटवार्ता गरेको थियो ।




