राजनीति

विजय सुब्बाको अध्यक्षतामा एमाले केन्द्रीय निर्वाचन आयोग गठन

काठमाडौँ ।एमालेले नेता विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले आयोगका अध्यक्ष र सदस्यको नाम प्रस्ताव गरेका थिए ।

आयोगमा १४ सदस्य छन् । ओलीले प्रस्ताव गरेको नाम सर्वसम्मत पारित भएको छ । एमालेको १०औँ महाधिवेशनका लागि निर्वाचन आयोग गठन भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *