राजनीति

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा आइतबार छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि बस्ने स्थायी कमिटिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुका बारेमा छलफल गर्ने भएको छ ।

सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । शनिबार बसेको स्थायी कमिटि बैठकमा सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल नभएको भन्दै उनले भने, ‘आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ।’

विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय भने माओवादीको स्थायी कमिटि बैठकले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *