राजनीति

सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेसका तीन नेताले गरे छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताहरुका बिचमा छलफल भएको छ । महामन्त्री डाक्टर शशांक कोइराला, उपसभापति विमलेन्द्र नीधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहका बिचमा छलफल भएको हो । शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंजमा छलफल भएको हो ।

सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उपसभापति विमलेन्द्र नीधिसहितका तिन जना नेताहरुका बिचमा छलफल भएको हो । महाधिवेशनका बारेमा छलफल भएको जनाइएको छ ।

यसअघि समेत तिनजना नेताहरुका बिचमा निरन्ततर छलफल हुँदै आएको थियो । छलफलमा तिनमध्ये एकजना सभापतिको उम्मेदवार बन्ने दाबी गरेको भएपनि नीधिले भने उम्मेदवारी घोषणा गरिसकेका छन् । महामन्त्री कोइरालाले समेत सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । त्यसबाहेक पूर्वमहामन्त्री सिंहले समेत आगामी माहाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *