राजनीति

सबै राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी ओलीले नेतृत्वको सरकारले राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै राजदुत फिर्ता बोलाउने निर्णय गरेको हो । राजनीतिक नियुक्तीमार्फत राजदुत नियुक्ती गरिएका राजदुत फिर्ता बोलाउने निर्णय गरेको सरकारले राजदुतका रुपमा रहेका कर्मचारीलाई भने फिर्ता नबोलाउने भएको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रिपरिषद्को बैठकले औषधी ऐन, कोरोना संकट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत संसदमा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *