मनोरञ्जन

फेरि विग मुभिजलाई कारवाही

काठमाडौं । कोरोना भाइरसका संक्रमण बढेसँगै कालाबजारी सल्बलाउन थालेको छ । यति मात्र नभई बजार मुल्य अनावश्यक रुपमा बढेको भन्दै उपभोक्ता मार्फत पर्ने उजुरीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छड्के गरिरहेको छ । यसैक्रममा चौथो पटक विग मुभिज कारवाहीमा परेको छ ।

हालै कमलपोखरस्थित हलमा पुगेको विभागको टोलीले बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा कारवाही गरेको हो । ७० रुपैयाँ पर्ने कोकलाई सयभन्दा बढी मूल्यमा बेचेको पाइएपछि उक्त टोलिले

सोहि कसुरमा बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना गरिएको छ । ठगीको आरोपमा यो मूभिजलाई कारवाही भएको चौंथो पटक हो । लामो समयदेखि फिल्म हलको पेय र खानाको गुणस्तरमा उपभोक्ताले गुनासो गर्ने गरेकोमा उपभोक्ता को उजुरी अनुसार कारवाही गरिएको हो ।

सरकारले अनावश्यक रुपमा बढाएर मुल्य लिएको पाईए पैसा नलाग्ने ११३७ नम्बरमा खबर गर्न आग्रह गरेको छ । उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *