चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको थियो ।
ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घाइते महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए ।




