देश

संसदीय सुनुवाइमा असफल भए साउदीका लागि प्रस्तावित राजदूत सुनार

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। नैतिक आचरणलगायतका विषयमा प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनारको नाम अस्वीकार गरेको हो। सुनुवाइका क्रममा उनको विगत र जर्मनीबाट डिपोर्ट गरिएको भनिएको विषयलगायत विभिन्न प्रसङ्गमा प्रश्न उठेका थिए। सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अनुमोदन नभएको निर्णय सार्वजनिक गरेका हुन्।

समितिको निर्णयसँगै साउदी अरेबियाका लागि प्रस्तावित राजदूतका रूपमा सुनारको नियुक्ति प्रक्रिया अघि बढ्न सकेन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *