काठमाडौँ । नेपाली कांग्रेसका प्रदीप पौडेलले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
पौडेल यसअघि पनि विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए । कांग्रेसको संशोधित विधानअनुसार खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुनेछन् ।
महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ प्रतिनिधिले मतदान गर्नेछन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।




