देश

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

काठमाडौं। त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङकी आमा माइलीमाया दोङ छोराको लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्नामा बसेकी छन् । सरकारले आफ्नाे छाेराकाे परिवारका सदस्यकाे भविष्यबारे कुनै निर्णय नगरेकाे उनले दुखेसाे व्यक्त गरिन् ।

गत असोज ५ गते त्रिपुरेश्वरमा रिद्धिसिद्धि बसमा आगजनी गरेका दोङको भोलिपल्ट मृत्यु भएको थियो । ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा अर्जुनको शव परिवारले अहिलेसम्म बुझ्न मानेको छैन । घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *