काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शशांक कोइराला समूहमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्।
संस्थापन इतर समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ।




