काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ ।
यो वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक हुने कांग्रेसले जनाएको छ ।




