देश

वर्षा र विपद्मा सक्रिय हुन कांग्रेस नेता–कार्यकर्तालाई गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

थापाले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको उल्लेख गर्दै अहिलेको अवस्थामा नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

उनले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन् ।

थापाले भनेका छन्, ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो । साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु ।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रको अवस्था बुझ्दै विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्न आग्रह गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *