देश

५३५ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको केरला राज्यस्थित ट्रिक्कलाङ्गोडका मोहम्मद चेरा थोडीलाई बिहीबार विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)बाट फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ मार्फत मध्यान्ह १२ः३२ बजे काठमाडौँ आएका थोडीमाथि शंका लागेर जाँच गरिएको थियो ।

जाँचका क्रममा उनले लगाएको भित्री पेन्टीभित्र प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको तौल करिब ५३५ ग्राम रहेको छ ।

बरामद पदार्थसहित थोडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *