काठमाडौं। मध्य पूर्वमा लामो समय तैनाथीमा रहेको अमेरिकी नौसेनाको विमान वाहक जहाज ‘यूएसएस अब्राहम लिङ्कन’ क्यारियर स्ट्राइक समूहमा खटिएका कम्तीमा आठ जना नाविकले आत्महत्याको प्रयास गरेको अमेरिकी नौसेनाले पुष्टि गरेको छ।
अमेरिकी डेमोक्र्याट सांसदहरूले जहाजमा रहेका नाविकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यबारे उठाएका प्रश्नको जवाफ दिँदै कार्यवाहक नौसेना सचिव हङ काओले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन । न्युयोर्ककी सिनेटर कर्स्टन गिलिब्रान्डलाई लेखेको पत्रमा काओले ती आत्महत्याका प्रयासहरूमा कसैको पनि मृत्यु भने नभएको स्पष्ट पारेकी छिन ।
उक्त पत्रको विवरण पहिलो पटक सीएनएनले सार्वजनिक गरेको थियो, जसलाई पछि अन्य प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले पनि समीक्षा गरेका छन्।




