देश

त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण

काठमाडौं। राहदानी विभागले विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा राहदानी छपाइ र वितरण सेवा प्रभावित भएको जनाएको छ ।

विभागले सोमबार दिउँसो सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी दिएको हो।
जसबाट राहदानीको छपाई प्रक्रियामा प्रत्यक्ष असर पर्न गई वितरण कार्यमा कठिनाई उत्पन्न भएको विभागले जनाएको छ ।

त्रिपुरेश्वरस्थित विभाग परिसर अगाडिको सडकमा भएको बस आगलागीका कारण विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बस आगलागी हुँदा काभ्रेको पनौती नगरपालिकाका दावा लामा ९० प्रतिशत शरीर जलेको छ । ट्राफिक प्रहरीसँग विवादपछि यस्तो दुर्घटना भएको रिद्धिसिद्धि यातायात समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *